मेयरकपको तयारी पुरा !

179

शरद रेग्मी

दाङ / दाङको तुलसीपुरमा बिहीबार देखि शुरु हुने मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपानी खनालले गर्ने भएका छन् । खेलकुदको तयारी बारे बुधबार रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेललन गरी यस्तो जानकारी दिईएको हो ।

साथै खेलकुद प्रतियोगिताका लागि सबै तयारी पुरा भएको तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली‘माईकल’ले जानकारी दिए । उनका अनुसार खेल शुरु हुनुपूर्ब ¥यालीले बजार परिक्रमा पनि गरिने छ । खेल क्षेत्रको बिकासका लागि तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक बर्ष आयोजना गर्ने मेयर कप अन्तर्गत यस बर्ष दाङका स्थानीय तह स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको माईकलले जानकारी दिए ।

उनका अनुसार बिहीबार देखि शुरु भएको खेल १३ गतेसम्म चल्ने छ । देशमै पहिलो पटक दाङ जिल्ला स्तरीय खेल हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः ७५ हजार, ५० हजार , ३० हजार समेत राखिएको छ ।

त्यस अवसरमा रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले सहभागिहरुलाई धन्यवाद दिएका थिए । कार्यपालिका सदस्य दिपक कुमालले स्वागत गरेको कार्यक्रमको सहजीकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here