सरकार विरुद्ध सडकमा उत्रियो कांग्रेस

226

काठमाडौं – कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका तीन वटा शक्तिशाली भातृ संगठनहरूले पहिलो पटक संयुक्त प्रदर्शन गर्ने भएका छन् ।

माघ १३ गते दिनको ठीक १२ः३० बजे काठमाडौंका माइतीघर मण्डलामा नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आइतबार अर्थात माघ १३ गते मध्यान्ह साढे १२ बजे संयुक्त प्रदर्शन हुन लागेको हो ।

 

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले कम्युनिस्ट सरकारले अधिनायकवाद तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको जानकारी दिनुभयो ।

मेडिकल क्षेत्रको सुधार र पूर्वसहमति कार्यान्वयनको माग गरेर असनरत डा।गोविन्द केसीको जीवन रक्षा र कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरूलाई कारबाहीको माग गरेर आइतबार आकस्मिक रुपमा प्रदर्शन गर्न लागिएको अध्यक्ष रेग्मीले जनाउनुभयो ।

Image may contain: text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here