कांग्रेसले माघ २१ मा ७७ जिल्लामै सरकार विरुद्ध शक्ति देखाउने

193

काठमाडाैं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको आरोप लगाउँदै उक्त घटनाको विरोध गर्ने निर्णय गरेको छ ।

विरोध प्रदर्शन संसद्मा भएको घटना, डा गोविन्द केसीको अनशनप्रति व्यवहार, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका स्वास्थ्य केन्द्र हटाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिनासंवैधानिक परिषद्को बैठक बसी निर्णय गरेको विषयमा केन्द्रित रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न सरोकारवाला पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महीना पुगिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, बढ्दो महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरूमा यही माघ २१ गते देशभर प्रदर्शन केन्द्रित गरिने पार्टीको निर्णयमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here