काठमाडौंं / जबरजस्ती विधेयक पारित गरेको विरोधमा १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको समर्थन गर्दै चिकित्सकहरु रिले अनसनमा बसेका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।