अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री

84

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने जनाउनुभएको छ ।

प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, `सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।´

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुग्नुभएको हो । सो अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here