सनातन हिन्दुराष्ट्र पुनस्थापना जनजागरण कार्यक्रम सम्पन्न

172

ललितपुर / राप्रपा ललितपुर महालक्ष्मी नगरकार्यसमितिको आयोजनामा ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना जनजागरण कार्यक्रम सम्पन्न’ भएको छ ।

कार्यक्रममा संगतसंस्कृतिका संयोजक, साधक योगगुरु श्री पुष्पराज पुरुषले प्रमुख आतिथ्यता प्रदान गर्नुभएको थियो।

कार्यक्रममा राप्रपा ललितपुरका जिल्ला अध्यक्ष आनन्द अधिकारीको बिशेष आतिथ्यता रहेको थियो भने राप्रपाका महामन्त्री तथा पुर्ब मन्त्री भाष्कर भद्राको समेत बिशेष आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रम राप्रपा महालक्ष्मी नगर नगर कार्यसमिति अध्यक्ष नरेश कार्कीको सभापतित्व भएको थियो। राप्रपाका बरिष्ठ केन्द्रिय सदस्य रोशन कार्की संगतसंस्कृतिका सुजन अधिकारी ,धार्मिक अभियान्ता केशब चौलागाई लगाएत बिभिन्न बरिष्ठ ब्याक्तित्वहरुको उपस्थीती रहेको थियो।

कार्यक्रममा महालक्ष्मी नगरपालीका अन्तगर्तका धार्मिक आस्थावानहरुको बाक्लो जमघट रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here