एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाको जित

321

एजेन्सी/एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दक्षिण अफ्रिकाले जित निकाल्न सफल भएको छ । पाकिस्तानसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली दक्षिण अफ्रकाले ३-२ ले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गर्दै सिरिज आफ्नो पोल्टामा पारेको हो । २४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । दक्षिण अफ्रिकाको जितमा ओपनर डि कक्ले ८३ रन बनाए । त्यस्तै, कप्तान फाफ डु प्लेसिस र रसी भान डेर डुसेनले अविजित समान ५०-५० रन बनाएको
थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४० रन बनाएको थियो । पाकिस्तानका लागि फखर जमानले ७० रन बनाएका थिए । त्यस्तै इमाद वासिमले ४७ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here