काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ ।
वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई पक्राउ गरेको हो वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कुँवरको रु ५२ हजार पाकेट मारी गरेर बसबाट ओर्लन लाग्दा उनीहरुलाई पक्राउ गरीएको जानकारी दिए ।
सार्वजनिक सवारीमा धकेलाधकेल गरी उनीहरुले पकेटमारी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।


















