निःशुल्क ! हाइड्रोसिलको उपचार 

615

हाइड्रोसिल भनेको अण्डकोशको बाहिरी भागमा पानी जम्मा हुनु हो। हाइड्रोसिल एक वा दुवै अण्ड्कोशमा हुन सक्छ। जम्मा भएको पानीले गर्दा अण्डकोश सुनिएको वा ठुलो भएको जस्तो देखिन्छ। शरीरको कुनै पनि थैलोमा असामान्य तरीकाले तरल पदार्थ भरिने अवस्थालाई मेडिकल भाषामा हाइड्रोसिल भनिन्छ।

कसरी हुन्छ हाइड्रोसिल
शिशुको गर्भवस्थाको बिकाशक्रममा पेट्बाट जनेन्द्रियसम्मा एउटा बाटो बन्दछ । केटाहरुमा पेटभीत्र बनेको अन्डकोश त्यही बाटो भएर आफ्नो स्थानमा जान्छ, जुन बाटो शिशु जन्मेपछी आँफै बन्द हुन्छ। यदी यो बाटो बन्द नभई सानो छिद्र बाँकी रह्यो भने त्यस छिद्र बाट पेटभित्रको पानी त्यस ठाउमा जम्मा हुन पुगी हाइड्रोसिल बन्दछ ।

विशेषतः उमेर ढल्केका र गर्मी ठाउँमा काम गर्ने मानिसमा हाइड्रोसिलको समस्या बढी देखिन्छ। थैलोभित्र अण्डकोष यताउति चल्ने क्रममा घर्षण रोक्न थोरै मात्रामा चिप्लो श्राव बन्ने र सोसिने क्रम जारी हुन्छ जसलाई हाइड्रोसिल आउनु भनिन्छ ।

त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् । अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न तीनदिने कार्यक्रम सञ्चालन गरेको थियो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट देवकी खतिवडाले उपचारका लागि आएका केही बिरामीको उच्च रक्तचापलगायत विभिन्न शारीरिक समस्याको कारण उपचार हुन नसकी फर्काउनुपरेको जनाउनुभयो । अस्पतालले एक बिरामीको उपचारका लागि रु ६ हजार खर्च गरेको थियो । अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालले यस वर्ष शल्यक्रिया गर्न छुटेका र थाहा नपाएर अस्पताल नआएकाहरुलाई लक्ष्य गरी अर्को वर्ष पनि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि अधिकारीले जिल्लामा एक हजार पाँच सय भन्दा बढी मानिस हाइड्रोसिलबाट पीडित रहेको हुन सक्ने विभिन्न तथ्याङ्कबाट देखिएको जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here