काठमाडौं / यस बर्षको दोस्रो त्रैमास मुनाफामा एनआईसी एशिया लघुवित्तले मुनाफामा अग्रसरता देखाएको छ । गत आर्थिक बर्षको पुष मसान्त सम्म २३ हजार रुपैयाँले नोक्सानमा रहेको लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ करोड ७७ लाख ४ हजार रुपैयाँ मुनाफा गरेको छ । गत आर्थिक बर्षको पुष मसान्तमा भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै मुनाफा गरेको थियो ।
हालसम्म ४५ वटा लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका मध्ये सबैभन्दा धेरै मुनाफा छिमेक लघुवित्त वित्तीय संस्थाले गरेको छ ।
वित्तीय विवरण प्रकाशित गरेका लघुवित्त मध्ये नागरिक लघुवित्त भने नोक्सानमा रहेको छ । लघुवित्तले ४९ लाख ६४ हजार रुपैयाँले नोक्सानमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । त्यस्तै अधिकांश लघुवित्तले मुनाफा बढाइरहँदा २ वटा लघुवित्तको मुनाफा घटेको छ ।
गत आर्थिक बर्षको पुष मसान्तमा १ करोड ८१ लाख ६९ हजार रुपैयाँ मुनाफा कमाएको एनएमबि माईक्रोफाइनान्सको मुनाफा ४३ दखशमलव १८ प्रतिशतले घट्दै १ करोड ३ लाख २३ हजारमा सिमित भएको छ । अर्को लघुवित्त कालिकाको पनि मुनाफा २४ दशमदव ८१ प्रतिशतले घटेको समाचार बैंकिङ खबरमा छ । गत आर्थिक बर्षको पुष मसान्तमा ६५ लाख ४१ हजार रुपैयाँ कमाएको लघुवित्तको मुनाफा घटेर चालु आर्थिक बर्षको पुष मसान्तमा ४९ लाख १८ हजार रुपैयाँमा सिमित भएको छ ।



















