वर्षाले सर्‍यो शनिबार हुने डीपीएल प्रतियोगिता

105

धनगढी / वर्षाले खेल मैदान भिजेपछि शनिबार सुरु हुन लगेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत तेस्रो संस्करणका खेलहरु सोमबारदेखि हुने भएको छ ।

आयोजक, टीम म्यानेजर र कप्तानहहरुको शुक्रबार बसेको बैठकले सोमबारदेखि खेल सुरु गर्ने निर्णय गरेको हो। त्यसो त प्रतियोगिताको उद्‌घाटन भने शनिबार नै हुने जनाइएको छ।
प्रतियोगिताका निर्देशक विनोद दासले भने, ‘शनिबार र आइतबारका खेल रेस्ट डे र एकदिन मात्रै खेल भएको दिन खेलाइने निर्णय भएको छ।’ डीपीएलको ट्रफी सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here