नेपालले बिरुद्ध भारत खेल्दै

89

काठमाडौं/नेपाली महिला फुटबल टिमले अहिले बेलुकी हिरो वोमेन्स गोल्डकप फुटबलमा आयोजक भारतसँग खेल्ने भएको छ । भुवनेश्वरस्थित कलिंगा रंगशालामा हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।  नेपालले यसअघि म्यानमारसँग पराजय भोगेको कारण पनि अघिल्लो चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न आजको खेल जित्नै दबाब कायम भएको
छ ।

भारत निकै बलियो टिम भएको कारणले अहिलेसम्म जित्न जित बिहीन रहेको छ । त्यसैले पनि आजको खेल नेपालको लागि निकै कठिन तथा महत्वपूर्ण मानिएको छ । घरेलु टोली भारतले पहिलो खेलमा नै इरानलाई १-० गोलअन्तरले पराजित गरेको थियो ।  आजको खेलमा भारत जित्ने दाउमा रहेको छ । अन्तिम खेल नेपालले १३ फेब्रुअरीमा इरानसँग खेल्नेछ । यो प्रतियोगितालाई नेपालले साफ च्याम्पियनसिपको तयारीको रुपमा पनि हेरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here