पार्टी र सरकारबारे धेरै भ्रम छरेको भन्दै मिडियाप्रति आक्रोशित नेकपा नेतृ भुसाल

110

ललितपुर / नेकपाकी नेतृ पम्फा भुसालले मिडियाले पार्टी र सरकारबारे धेरै भ्रम छरेको भन्दै आक्रोश पोखेकी छन् । जनयुद्ध तथा जनआन्दोलन दिवसका अवसरमा बुधबार बिहान सातदोबाटोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेतृ भुसाल मिडियाप्रति आक्रोशित भएकी हुन् ।

कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमतले नेतृत्व गरेको नेकपाको सरकार संसार भरका दलाल, प्रतिक्रियावादी, पुँजीपतिहरुलाई मन नपरेको दाबी गरिन्। ‘नेकपाको सांगठनिक इकाई तल्लोतहसम्म नपुगेको मौका पारेर ठूला-ठूला मिडिया हाउसले जनमानस र पार्टीमा भ्रम छर्ने काम गरिरहेको आरोप लगाइन। ‘मिडियाले जनता र पार्टीमा भ्रम छर्ने काम गरिरहेको छ।’ भुसालले भनिन् ‘ठूला मिडिया हाउसमा काम गर्नेहरुले नेकपालाई टुटाउने, फुटाउने र विवादमा ल्याउन खोजेका छन्।’

मिडियाले फरक-फरक अप्रासांगिक कुरालाई जोडेर समाचार संप्रेषण गर्ने गरेको आरोप लगाइन। सचेत हुनुपर्ने समय आएको भन्दै पार्टीका व्यक्तिलाई सामाजिक सञ्जालमा आएका कुराहरु नबुझी अभिमत व्यक्त नगर्न उनले सुझाव दिइन्।

नेकपाको एकतालाई बलियो हुन नदिन मुलुकभित्र र बाहिरका थुप्रै कम्युनिष्टविरोधीहरु लागेकाले सरकारले सुझबुझका साथ अगाडी बढनुपर्ने धारणा उनले व्यक्त गरिन् ।

आजैको दिनबाट सुरू भएको जनयुद्धले विभिन्न चरण पार गर्दै उपलब्धी हासिल गरी आजको परिवर्तन सम्भव भएको नेतृ भुसालले जनाएको अन्नपूर्ण पोष्टमा समाचार छ । पार्टी, सेना र आफनो सत्ता निर्माण गर्दै, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलनको योगबाट समावेशी, संघीय लोकतान्त्रिक युगमा प्रवेश गर्न सकेको उनले दाबी गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here