काठमाडौं / संसद् सचिवालयमा प्लाष्टिकको गिलास निषेध गर्न माग गरिएको छ । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद विमला पौडेलले प्लाष्टिकको गिलासमा पानी खान नपाइने व्यवस्था गर्न माग गरेकी छिन् ।
उनले संसद सचिवालयमा प्लाष्टिकको गिलासमा पानी खाने व्यवस्था भएकोले त्यसलाई हटाएर कागजको गिलासको व्यवस्था गर्न भनेकी हुन् । उनले भनिन्– ‘प्लाष्टिकको गिलास कुहिन चारदेखि पाँच सय वर्ष लाग्छ । त्यसैले कागजको गिलास प्रयोग गरौं । हामीले यहिँबाट वातावरण मैत्री बन्न सुरु गरौं।’















