जेडब्लुएसटीले पहिलो पटक पृथ्वीको जस्तो चट्टानी ग्रह पत्ता लगाए

67

काठमाडौं । अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाको जेम्स वेब स्पेस टेलिस्कोप जेडब्लुएसटीले पहिलो पटक पृथ्वीको जस्तो चट्टानी ग्रह पत्ता लगाएकाे छ ।

औपचारिकरूपमा एलएचएसफोरसेभेनफाइभबीको रूपमा वर्गीकरण गरिएको यो ग्रह हाम्रो सौर्य मण्डलबाट बाहिर रहेको छ ।

यसको व्यास पृथ्वीको व्यासको ९९ प्रतिशत बराबर रहेको छ ।तर वैज्ञानिकहरूले यो ग्रहमा वायुमण्डल छ कि छैन त्यसको पता लगाउन बाँकी रहेको छ ।

यो अध्ययन टोलीले त्यहाँको वायुमण्डल पृथ्वीको जस्तो मिथेनको बाक्लो उपस्थिति भएको हो कि शनिग्रहको चन्द्रमा टिटान जस्तो हो त्यसबारे ठोस भन्न सकेको छैन् ।

जेडब्लुएसटीले पता लगाएको यो ग्रह ४१ प्रकाश वर्ष मात्र टाढा रहेके छ ।

यो ग्रह पृथ्वीको भन्दा केही सय डिग्री तातो छ र यसले आफ्नो कक्षालाई फन्को मार्न दुई दिन लगाउँछ । प्रकाश प्रति सेकेन्ड ३ लाख किलोमिटर हिँडछ ।

नासाको एस्ट्रोफिजिक्स डिभिजनका निर्देशक मार्क क्लाम्पिनले जारी गरेको विज्ञप्तिमा भनेका छन् “ पृथ्वीको आकारको यो चट्टानी ग्रहले भविष्यमा धेरै सम्भावनाको ढोका खोल्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here