नेपाली कांग्रेसको आदर्श र निर्देशन भन्दा बाहिर नेपाल विद्यार्थी संघ जान सक्दैन : नेता शाह

308

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसको आदर्श र निर्देशनलाई पालना गर्नुपर्ने बताएका छन।

सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा आफ्ना धारना राख्दै नेता शाहले अहिले देखिएको नेपाल विद्यार्थी संघ भित्रको बिवादलाई समाधान गर्न नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको छिट्टै आर्को तदर्थ समिति ल्याउने पनि उल्लेख गरे।

नेता शाहले नेपाल विद्यार्थी संघलाई स्ववियु निर्वाचनबाट भाग्यो भनेर केही संगठनहरुले आरोप लगाएको प्रसंग निकाल्दै नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनबाट नभागेको पनि प्रष्ट पारे। विद्यार्थीका मुद्दामा लड्दै आएको र पछिसम्म पनि शैक्षिक मुद्दामा लडि राख्ने भन्दै पुर्व उपाध्यक्ष शाहले कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरु आफ्नो एकता प्रक्रिया नमिल्दा स्ववियु बाट पन्छिन नेपाल विद्यार्थी संघ माथी यस्तो मिथ्या आरोप लगाएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here