थाईल्यान्ड / थाईल्यान्डकी राजकुमारी उबोन्रत महिडोन प्रधानमन्त्रीको निर्वाचनमा उठ्ने घोषणा गर्दा विवाद सिर्जना भएका कारण आफू दु:खित भएको जनाएकी छन्।
निर्वाचन आयोगले सोमवार उनलाई सो निर्वाचनका लागि अयोग्य घोषित गरिदिएपछि राजकुमारीले ‘आजको दिन र युगमा त्यस्तो समस्या हुनु नहुने’ भन्दै दु:ख मनाउ गरेकी हुन्।
राजा वाचिरालङ्कनले आफ्नी दिदीको निर्वाचनमा सहभागी हुने निर्णयलाई ‘अत्यन्त अनुपयुक्त’ भनेका थिए। उनले निर्वाचनका लागि मनोनयन गर्दा थाई राजपरिवार सक्रिय राजनीतिभन्दा पर बस्ने परम्परा भङ्ग भएको थियो।
‘देश र हामी थाईहरूका लागि काम गर्ने मेरो उद्देश्यले समस्या उत्पन्न गरेकोमा म दु:खित भएकी छु जुन (समस्या) यो दिन र युगमा हुनु हुँदैनथ्यो।’ राजकुमारी उबोन्रतले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्


















