तनावका कारण नशालु पदार्थ प्रयोगकर्ता किशोर किशोरीको संख्या उच्च

344

लण्डन/बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन गर्ने गरेको पाइएको छ ।

अक्सफोर्ट विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सात प्रतिशतको दरले किशोर किशोरीहरुमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्याङ देखाएका छन् । अध्ययनका अनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीहरुको संख्या अमेरिकामा झण्डै ४ लाख रहेको छ भने बेलायतमा ६० हजार र क्यानडामा २५ हजार रहेको छ ।

यस अध्ययन प्रतिवेदन तयार पर्दा अनुसन्धानकर्ताहरुले झण्डै १५ बर्षदेखिको ११ ओटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरुको समेत विश्लेषण गरेको जनाएका छन् ।उनीहरुले अध्ययनका क्रममा २३ हजार ३१७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here