रौतहट / मिलको मेशिनमा च्यापीएर एक व्यक्तिको मृत्यु भएकोे छ । गरुडा नगरपालिका-४ स्थित राम सुगर मिलको मेशिनमा च्यापीएर सोही ठाउँ बस्ने ४० वर्षीय रामबाबु यादवको बिहीबार बेलुका मृत्यु भएको छ ।
मेशिन अपरेटरको काम गर्ने रामबाबुको मेशिन चलाउने क्रममा घाँटीमा बाँधेको गलबन्दी मेशिनमा बेरिन जाँदा उक्त घटना भएको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















