काठमाडौं / नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही फेब्रुअरी १५, २०१९ का दिन एक प्रख्यात नेपाली जुत्ता ब्राण्ड क्यालिबरकोे साथमा गर्ने भएको छ ।
उक्त दिनमा क्यालिबरकोे विभिन्न उत्पादनहरु जस्तै मेन्स स्निकर्ज्, विमेन्स ट्रैनर्ज्, एन्कल बूट, फर्मल शूज, अलट्रा लाईट स्पोर्ट्स् सिरिज र अरु पनि धेरै जुत्ताहरुमा विशेष छुट र अफर प्रदान गर्नेछ ।
क्यालिबर एक प्रख्यात नेपाली ब्राण्ड हो जसले धेरै नेपाली ग्राहकहरुको मन जित्न सफल भएको छ । सामाजीक सञ्जालहरुमा ब्राण्ड प्रति मानिसहरुको चासो र राम्रा रिभ्यूजहरुले ब्राण्डको लोकप्रियतालाई जनाउदछ ।
क्यालिबरका उत्क«ष्ट गुणस्तरका जुत्ताहरु उच्चतम तहका सामग्रीहरु प्रयोग गरी बन्नुका साथै सुपथ मूल्यमा पाइने भएकोले नेपाली बजारमा ठूलो ब्राण्डको रुपमा उदाउदै छ । अब एकदिनको लागि मात्र लागु हुने दराजको ब्राण्ड डे मा, नयाँ तथा पुराना उपभोक्ताहरुले क्यालिबरले ल्याएको सर्वोत्तम अफरहरुको मज्जा लिन सक्नुहुनेछन् ।
मध्यरातबाट शुरु भई फेब्रुअरी १५ तारिखको राती २३ः५९ बजेसम्म उपभोक्ताहरुले दराजमार्फत् क्यालिबरका खास अफरहरुको मज्जा लुट्न सक्नु हुनेछन्, जसमा-
· सबै उत्पादनहरुमा १५ प्रतिशतसम्मको न्यूनतम छूट
· एप मार्फत खरीद गर्दा निःशुल्क वितरण
· आकर्षक संग्रहणीय भाउचरहरु
साथै उपभोक्ताहरुले रु २००० को आकर्षक भाउचर जित्ने मौका पनि पाउनुहुनेछन् । त्यसका लागि उपभोक्ताहरुले दराजमा क्यालिबरको स्टोर फलो गर्नुपर्नेछःhttps://bit.ly/2SSagy0
अतः दराजले प्रस्तुत गरेको क्यालिबरको विशेष कारोबारहरुको निसंकोच भरपूर आनन्द लिन तयार रहनुहोस् । किनमेल यहाँ गर्नुहोस्ः https://bit.ly/2S06f5Q
दराजको ब्राण्ड डे पहिलो फेब्रुअरी १, २०१९ क्लोभियाबाट आरम्भ गरेको थियो । ब्राण्ड डे मा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई एक दिनका लागि आकर्षक एवंम विशेष छुट दिने छ । यो उत्सवले अनलाइन सपिङ्गको अनुभूतिलाई अझ व्यापक र उत्साहित बनाउने छ । यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना हुन्छ र २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तै मन्त्र, गोल्ड्स्टार, अमेरिकन टुरिस्टर, टाइटन्, बाल्ट्रा, शियोमी, मेबलिन्, कन्वर्स्, रङ्गोलि, सोनि, लोरिअल पेरिस, सलाना र अन्य आकर्षक बार्गेन डिलमा उपलब्ध हुनेछन् ।


















