नेपाली टोपी लगाई दिएर विश्वकै सबैभन्दा ठूलो शरीर भएका बडीबिल्डरको भव्य स्वागत

237

काठमाडौ / विश्वकै सबैभन्दा ठूलो शरीर भएका बडीबिल्डर रोली विंकलार नेपाल आएका छन् । नेपालमा भइरहेको आईएफएफबी प्रोसनल लिग, नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर) का लागि नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आईएफबीबी नेपाल प्रमुख सानु गुरुङले रोलीको स्वागत गरेका थिए । नेपाली टोपी लगाएर नेपाल उत्रिदा सबै नेपालीको शान बढेको छ । उनलाई विमानस्थलमा आएसँगै नेपाली टोपी लगाई दिएर स्वागत गरिएको थियो ।

शनिबार र आइतबार प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगितामा प्रो बडीविल्डर रोलीले केही महत्वपूर्ण प्रस्तुति दिने जनाइएको छ । उनी गेष्ट पोजरको आफ्नो कौशल प्रस्तुत गर्नेछन्। नेदरल्यान्डका ४१ वर्षीय रोली सन् २०१० यता प्रो बडीबिल्डरको रुपमा स्थापित छन् । यस खेलको क्षेत्रमा सबैभन्दा ठूलो शरीर मानिने रोलीको तौल १ सय ३० किलो र उचाई पाँच फिट ६ इन्च छ ।

उनी २७ वर्षको उमेरमा कार दुर्घटनामा परेका थिए र त्यसपछि शारीरिक सुगठन सुरु गरेका थिए । उनी १७ फेब्रुअरीमा स्वदेश फर्कनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here