प्रेम दिवश र रातो गुलाब

896

प्रेमिल जोशमा रापिएको
प्रेम दिवश
यानकी भेलेनटाइन डे
अमुर्त सपना सजाएर
प्रारम्भ हुन्छ
उषाका किरण बनेर
या
उजाड मरुभुमि बनेर
यहिबाट जीवनका
प्रतिबिम्बित स्वप्निल यात्रा
यो गुँलाबको फूल झैं ।
लैला मन्जुलको प्रेम होस्
या, मुना मदनको प्रेम
या त काले र भुन्टिको
भावनात्मक प्रेम होस्
आखिर
मुटु मुटुसंगको नाता
अनि
धड्कन धड्कन बीचको
पारस्परिक सम्बन्ध
प्रेम, प्रेमी, प्रेमिकासंगको
तृतिप्त उमंगको होस् ।
यहि गुलाबी प्रेम बिच
नाम्लाको डामले निर्मित
पसिनाको तालु पोखरी
सुक्न पाउँदैन
त्यो रातो गुँलाबको फूलको सट्टा
तिखा तिखा काडाहरु सुल बनेर
मुटुमा रोपिदा
यो भेलेनटाइन डे
यानकी
प्रेम दिवशसंगको नाता माथी
प्रश्न छ
प्रति उत्तर आउँछ भने
मुटुमा बिझेका काँडाहरु
फूल साबित हुन सक्छ
तिम्रो प्रेमिल यो
गुलाबी मुस्कानमा, मायामा ।
त्यो रातो फूल
गुलाबको फूल
पे्रमिल गुलाबी फूल
बर्षेनि दुष्ट नजरहरुसंग
बर्षेनि तिखा काडाहरुसंग
पौठेजोरी खेल्दै
बिवशता बिचमा पनि
फुुर्लुङ्ग मुस्कुराइ दिन्छ
फूल बनेर
अनि
इश्र्यालु नजर रोकिन सक्दैन
र टिपिन्छ
प्रेम दिवश
यानकी
भेलेनटाइन डे मा
प्रेमको सुचक
प्रेमको प्रतिक
रातो गुलाब
स्वीकार्ने कोहि छ रु
तर बिवश
सदा झैं यो घायल मुटु
हावाले भरिएको बेलुन झैं
प्वाट फुट्छ
तप्प तप्प रगतका थोपाहरु
मुठि भित्र कैद हुन्छ
पैतालाको कुल्चाइमा
रातो गुलाब
स्वागतार्थ तल्लिन हुन्छ
बर्षेनि भेलेनटाइन डे
यानकी
प्रेम दिवशमा
त्यो रातो गुलाब
मेरा लागि
बिवश बिवश हुन्छ ।

                                                      एन.बी.अन्जान, पाँचथर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here