दाङ / दाङको घोराहीमा लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो दिन तुलसीपुरका दुई फुटबल क्लब विजयी भएका छन् ।
घोराहीको भरतपुर खेल मैदानमा भएका दुबै प्रतिष्पर्धामा तुलसीपुरको संगठित युवा क्लब र एसएसएफएले बिजयी भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा पद्मोदय माबि घोराहीलाई ३—१ गोल अन्तरले एसएसएफए विजयी भएको हो ।
खेलको पहिलो हाफको २४ औँ मिनेटमा एसएसएफएका मनिष भण्डारीले गोल गर्दै अग्रता गराए पनि ३६ औँ मिनेटमा पद्मोदयका रुपेश बाठा मगरले गोल गर्दै बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा एसएसएफएका निशान डाँगीले थप एक गोल गर्दै अग्रता गराएका थिए ।
निकै उत्कृष्ट खेलको अन्तिम समयमा एसएसएफएका प्रकाश न्यौपानेले थप एक गोल गर्दै जित सुनिश्चित गरेका थिए । यस्तै आजै भएको दोस्रो खेलमा तुलसीपुरको संगठित युबा क्लबबीच भएको खेलमा विजयी भएको छ । घोराहीको मेघा युबा क्लब पहेलोलाई ०—११ गोल अन्तरले संगठित युवा क्लब विजयी भएको हो ।
संगठित युवा क्लबका तर्फबाट बिनोद केसी एक्लैले ८ गोल गरेका थिए । यस्तै प्रदिप थापा र घनश्याम डाँगीले १÷१ गोल गरेका थिए भने एक आत्मघाती गोल भएको थियो ।


















