यार्सा गुम्बा सहित नियन्त्रणमा

513

काठमाडौं /  महानगरीय प्रहरी वृत्त कमलपोखरीले यार्सागुम्बा सहित १ जनालाई लाई पक्राउ गरेको छ ।

प्रहरीले हिजो राति काठमाण्डौ महानगरपालिका ५ भत्केको पुलमा ललितपुर बस्ने चितवनका सुजन थारूले चलाएको बा८९प ३६३८ नम्बरको मोटरसाईकल लाई चेकजाँच गर्दा निजको साथबाट यार्सागुम्बा जस्तो देखिने १ सय १८ पिस , नेपाली रूपैया ४३ हजार ५ सय ५० र अमेरीकन डलर २० सहित नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here