पार्टी भित्र अराजकता बढेको भन्दै नेविसंघको शाह नेतृत्वको मौन प्रदर्शनमा आक्रमण

378

काठमाडौं / नेपाली कांग्रेस पार्टी भित्र अराजकता,अनुशासन हिनता र अन्तरघात बढेको भन्दै नेपाल विद्यार्थी संघको देउवा समुहले आज पार्टी अफिसमा गरेको मौन प्रदर्शनमा नेपाल विद्यार्थी संघको तेस्रो धारले आक्रमण गरेका छन। आक्रमणमा दुई दर्जन नेताहरू घाइते भएका छन्।

सयौं कर्याकर्ता पार्टी कार्यालय अगाडि मौन भएर उभिएको समयमा नजिकै भएका सिटौला समुहका केही नेपाल विद्यार्थी संघका नेताहले ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो।

नेपालि कांग्रेसमा आत्मियता सहितको एकताका निम्ति ऋषिकेश जंग शाहले आज आफ्नो नेतृत्वमा पार्टी कार्यलयमा मौन प्रदशन गरेका हुन् । प्रदर्शनमा भएको ढुङ्गा प्रहार पछि नेपाल विद्यार्थी संघका निवर्तमान सह महामन्त्री बद्री मुडभरी सहित दुई दर्जन नेताहरू घाइते भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here