कराँते महासंघको विवाद अन्त्य

200

काठमाडौं/छुट्टा–छुट्टै अस्तित्वमा रहेका दुईवटा नेपाल कराँते महासंघ अन्ततः एक भएका छन् । बिगत लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुईवटा संघले कराँते गतिविधि सञ्चालन गर्दै आएका थिए । खेलकुद संघको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रायले गठन गरेको विवाद समाधान समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत विवाद समाधान गर्न सहमत गराएको थियो। राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघलाई दावा गुरुङले नेतृत्व गर्दै आएका थिए । पुरेन्द्रविक्रम लाखे अध्यक्ष रहेको कराँते महासंघलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि मान्यता थियो ।

सहमति अनुसार तीन महिनाभित्र नयाँ निर्वाचनका लागि शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिति गठन गरिएको छ । समितिको सह संयोजकमा दावा लामा छन् । उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिचरण केसी, सह महासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा बीआर मित्र र श्याम शेर्पा, कोपाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् । तदर्थ समितिलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले पनि औपचारिकता मान्यता दिएको छ ।

यसअघि युवराज लामा राखेपको सदस्य सचिव हुँदा आफ्नो संरक्षकत्वमा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासंघ पुनर्गठन गरेको थियो । दुईवटा कराँते महासंघ अस्तित्वमा रहदाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिता, प्रतियोगिता आयोजना, खेलाडी र खेल संघले पाउने सेवा सुविधा लगायत विषयमा विवाद हुँदै आएको थियो । एउटै खेलका फरक अस्तित्वमा रहेका संघको विवाद समाधानका लागि राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना संयोजक रहेको समितिले अहिले काममा निरन्तरता गरिरहेको छ । समितिले हालै मात्र मोर्डन पेन्टाथलन संघ र नेपाल जिम्न्यास्टिक संघको विवाद पनि मिलाएको थियो । तेक्वान्दो संघको विवाद भने अझै मिलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here