नेपालमा सुरक्षा सतर्कता बढाइयो

160

काठमाडौं / भारतले पाकिस्तानस्थित बालाकोट क्षेत्रमा बम खसालेर आक्रमण गरेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ।

भारतले मंगलबार बिहान ३ बजे तालिम केन्द्रमा आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको हो । भारतले एक हजार किलो तौल बराबरको बम खसाएर तालिम केन्द्रलाई ध्वसत गरेको हो । योसँगै नेपालमा सुरक्षा पनि सतर्कता बढाइएको छ।

नेपाल-भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो ।

प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रि उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो । ‘छिमेकी दुई देशको तनावलाई ध्यानमा राख्दै सीमाक्षेत्र र विमानस्थलमा हामीले निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ’, प्रवक्ता सुवेदीले भने, ‘सम्भावित घुसपैठ हुने कुरालाई हामी चनाखो छौँ, दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने सम्भावित अभावलाई पनि ख्यला गर्दै सीमामा सतर्क हुन निर्देशन दिइसकेका छौँ ।’

नेपालमा विशेष गरी अवैध हतियार, जाली नोट र लागूऔषधको कारोबार हुने गरेको छ । नेपालको बाटो हुँदै यी सामग्रीको तस्करी भारतसम्म हुने गरेको कुरा यसअघिका घटनाले पुष्टि गरिसकेका छन् । यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here