मन्त्री निवासमा आफन्त र शुभचिन्तकको भीड

585

काठमाडौं / हेलिकोप्टर दुर्घटना पछि मन्त्री निवासमा एक किसिमको सन्नाटा छाएको छ । उक्त दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको हरिहरभवन स्थित निवासमा आफन्त र शुभचिन्तकको भीड लागेको छ । बिहिबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शोकाकुल अधिकारी परिवारसँग भेट गरेका थिए ।

प्रचण्डसहित अरु पनि राजनीतिक दलका नेताहरु समवेदना प्रकट गर्न मन्त्री निवासमा पुगेका छन् । मन्त्री अधिकारीका बुवा–आमालाई बुधबार नै पोखराबाट काठमाडौँ ल्याइएको थियो । छोराको निधन भएपछि बुवा अहिले पनि अर्धचेत छन् ।

मन्त्री निवासमा उनकी श्रीमती र आमा९बुवा शोकाकुल अवस्थामा छन् । उनीहरुलाई सान्त्वना दिन र समवेदना प्रकट गर्न पुगेकाहरुको अनुहार पनि मलिन देखिन्छ । मन्त्री अधिकारीका दुई छोरा मध्ये एकलाई काठमाडौँमै फुपूको घरमा राखिएको छ भने अध्ययनका लागि विदेशमा रहेका छोरा नेपाल फर्किरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here