लिग लिडर लिभरपुलको जित

102

एजेन्सी/बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुलले वाटफोर्डलाई ५–० गोलअन्तरले पराजित गरेको छ । जितमा साडियो माने र भिर्गिल भान डिज्कले समान २–२ गोल गर्दा डिभोक ओरिगीले एक गोल गरे । खेलको नवौं मिनेटमा नै मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा मानेले अर्को गोल गर्दै २–० गोलको अग्रता दिलाए । ६६ औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुलले ३–० गोलको अग्रता बनाएको थियो ।

एक पछि अर्को गोल गर्ने क्रममा ७९ औं र ८२औं मिनेटमा डिज्कले गोल गर्दै लिभरपुललाई ५–० गोलको जित दिलाए । शीर्ष स्थानमा रहेका लिभरपुलले जितसँगै २८ खेलबाट ६९ अंक बनाएको छ । पराजित वाटफोर्डको २८ खेलबाट ४० अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here