उवासंघद्धारा हेलिकोप्टर दुर्घटनाप्रति दु:ख व्यक्त

188

दाङ / ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीतथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा सहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ ।

संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले विहिवार एक विज्ञप्ती जारी गर्दै  दु:ख व्यक्त गरेका हुन् ।विज्ञप्तीमा मृतक प्रति श्रद्धाञ्जली एवं शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here