सातै जनाको शव काठमाडौं ल्याइयो

249

काठमाडौं / हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत सातै जनाको शव बोकेको सेनाको हेलिकोप्टर काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सुकेटार विमानस्थलबाट सेनाको हेलिकोप्टरले बिहानैदेखि काठमाडौंमा शव ल्याउन खोजिए पनि खराब मौसमका कारण हेलिकप्टर उड्न सकेको थिएन ।

सुकेटार क्षेत्रको मौसममा सुधार भएपछि शव काठमाडौं ल्याइएको प्रहरीले जनाउँदै पोस्टमार्टमका लागि विमानस्थलबाट शिक्षण अस्पताल महाराजगन्जमा शव लगिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here