निर्माता रवीन्द्र सिंह बानियाँले दर्शकको माया पाउँदा फिल्ममा गरेको मिहिनेत सफल भएको जस्तो लागेको बताए । फिल्मले सामाजिक र पारिवारिक विषयवस्तु उठाएको कारण पनि सबैको माया पाउन सफल भएको बानियाँको धारण रहेको छ ।
स्वदेशको अलवा विदेशमा पनि रिलिज भएको फिल्मले सबैतिर राम्रो व्यवसाय गर्न सफल भएको छ । फिल्मले अमेरिका, अष्ट्रेलियामा पनि राम्रो व्यवसाय गरेको निर्माण युनिटको दाबी छ । नेपालमा दर्शकबाट पाइरहेको राम्रो समीक्षाले विदेश प्रदर्शनलाई मद्दत पुगेको छ ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिका रहेको फिल्मले अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका बुबाको कथा बिषयबस्तुमा उठाएको छ ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।


















