काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन् ।
मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमाडौं महानगरपालिका– ३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए ।
सोही गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका थिए । घटनास्थलबाट प्रहरीले पाँच बालिकालाई उद्धार गरेको छ ।


















