काठमाडौं / थाइल्यान्डमा आयोजना भएको आइसीसी महिला एसिया विश्वकप छनोटमा दोस्रो स्थान हात पारेको नेपाली महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली महिला क्रिकेट टोली बिहीबार १२ः४५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई स्वागत कोही पनि पदाधिकारी विमानस्थलमा पुगेन । सात राष्ट्र सम्मिलित एसिया छनोटमा नेपाल दथानइल्यान्डसँग पराजित भएपछि ग्लोबल क्वालिफायरमा पुग्नबाट चुकेको थियो ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक तथा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्वकप्तान विनोद दासले महिला क्रिकेट विकासको लागि वर्षमा कम्तीमा पनि ६ महिना क्रिकेट खेल्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । थाइल्यान्डमा आयोजना भएको आइसीसी महिला एसिया विश्वकप छनोटमा दोस्रो स्थान हात पारेर बिहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रशिक्षक दासले यस्तो बताएका हुन् । उनले दुई वर्ष क्रिकेट नखेलेर पछिल्लो २ महिनाको प्रशिक्षणमा पनि महिला टोलीले उच्च स्तरको क्रिकेट खेलेको र एसिया छनोटको खेलबाट आफु टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको जनाए ।
‘हामीले पछिल्लो एक महिनामा एसिया छनोटसहित दुई प्रतियोगितामा १२ खेल खेल्यौ । नतिजा १० जित र दुई हारको छ । दुवै खेलमा हामीले थाइल्यान्डसँग हार बेहो¥यौ । बाँकीमा हामीले राम्रो खेलेका छौं,’ ‘हामी चुकेका हैनौं । तीन महिनाको पिरियडमा टिमले राम्रो खेलेका हौं । मात्रै तर, दोस्रो चरणमा मात्रै पुग्न नसकेको । दुई भिन्न प्रतियोगिताका लागि एकै क्वालिफायर हुदा टिम ग्लोबल क्वालिफायरमा पुग्न नसकेको हो ।’
उनले महिला क्रिकेट विकासको लागि कम्तीमा पनि ६ देखि ८ महिना क्रिकेट खेल्ने वातावरण बनाइदिन सम्बन्धित निकायलाई आग्रह गरे ।
‘दुईवर्ष शून्य अवस्थामै रहेर फेरि क्रिकेट शुरु गर्दा पनि महिला टिमको खेलबाट म सन्तुष्ट छु । नेपाली महिला क्रिकेट अझै माथि उठ्न सक्छ । यसका लागि सम्बन्धित निकायले क्रिकेट खेल्ने वातावरण बनाइदिनुपर्छ,’ प्रशिक्षक दासले भने, ‘टिममा भएका १४ खेलाडीमात्रै हैन अरू खेलाडी पनि राम्रा छन् । केही खेलाडी सन्यास नजिक छ । उनीहरूलाई जोगाउदै उनीहरूको विकल्पमा राम्रो रिप्लेसमेन्ट नपाउन सक्छ । त्यसैले बेलैमा ध्यान दिन जरुरी छ ।


















