पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण गर्दै माछापुच्छ्रे बैंक

72

 काठमाडौं / माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा। प्रदीप ढकाललाई हस्तान्तरण गरे ।

साथै, बैंकले सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको जनाएको छ । सोही परिसरमा एटिएम समेत जडान गरि सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ ।

यस अघि बैंकले सोही परिसरमै लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको थियो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति सो लकर हस्तान्तरण गरेको थियो ।

हालसम्म बैंकले ९४ वटा शाखा कार्यलय, ६३ शाखा रहित बैकिङ सेवा र ११६ वटा एटीएम मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here