गर्मीयाममा प्रायः बेलाबखतमा नाकबाट रगत किन ? यस्तो समस्या अधिंकाश मानिसहरुमा प्रायः देखिन्छ । नाकमा थोरै असर पुगेमा वा अन्य कारणले पनि नाकबाट रगत बग्ने गर्छ । धेरै गर्मी भएमा, ज्वरो आएमा रगत बग्ने गर्छ । यसरी बग्ने रगत आफै विसेक पनि हुन्छ । अर्थात रगत बग्न रोकिन्छ । तर, लगातार नाकबाट रगत बगिरह्यो भने त्यसको उपचार खोज्नु पर्ने हुन्छ । करिब १० मिनेट भित्रमा रगत रोकिएको खण्डमा चिकित्सकका पनि जानु पर्दैन । तथापी, नाकबाट रगत बगेको २० मिनेटसम्म पनि रगत बग्न कम नभएमा, टाउकाको चोटपछि नाकबाट रगत बगेमा वा नाक भाँच्चिएमा भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी चोटपटक बाहेक उच्च रक्तचापको समस्या, रगत सम्बन्धी बिकार, नाक वा साइनसको ट्यूमर भएमा पनि नाकबाट रगत बग्ने गर्छ । त्यस्तै, रगत पातलो बनाउने औषधीको सेवन तथा हावा सुख्खा भएमा पनि नाकबाट रगत बग्ने गर्छ ।

सामान्यतया, चिसो मौसममा नाकको माध्यमद्धारा भित्र जाने हावाले नाक भित्र रहेको झिल्लीलाई सुख्खा बनाएमा नाक पोल्न तथा नाकको भित्री भागमा बेस्सरी चिलाउन थाल्छ । जसले गर्दा नाकबाट रगत बग्न थाल्छ । जाडो मौसममा नाकबाट रगत बग्ने समस्या धेरै हुने गर्छ । किनकी चिसोमा चिसो तथा भाइरसका कारण नाक सुख्खा हुने गर्छ ।

नाकबाट रगत बग्नुको प्रकार

सामान्यतया, नाकबाट रगत बग्नुको दुई मुख्य कारण रहेको छ । जस मध्ये एन्टीरियर नोज व्लिडिङ पर्दछ, नाकको भित्री सतहको रक्त नली फुटेमा नाकबाट रगत बग्ने गर्छ । त्यस्तै, दोश्रोमा पोस्टिरियल नोज व्लिडिङ पर्दछ । नाकको क्यान्सर भएमा वा नाकमा ट्यूमर पलाएमा पोस्टिरियल नोज व्लिडिङ हुन्छ ।

नाक फुट्ने वा नाकबाट रगत बग्नुको कारणः

सामान्यता, नाकमा कयौ प्रकारका ससाना रगत बग्ने नशा हुन्छ । यस्ता नशा संवेदनशील हुनुका साथै पातलो झिलीले ढाकिएको हुन्छ । सनाना घाउ वा चोटले पनि यस्ता झिल्ली फाटेर रगत बग्न सक्छ । त्यसबाहेक, यी समस्या भएमा पनि नाकबाट रगत बग्ने गर्छ ।

एलर्जी, साइनस सम्बन्धि समस्याका कारण नाक पोलेमा ।
चिसो वा सुख्खा हावाका कारण ।
नाक सफा गर्न समस्या भएमा ।
नाकमा चोठ लागेमा, नाक भाँच्चिएमा वा नाकमा कुनै वस्तु फसेमा ।
रसायनिक समस्या ।
नाकमा प्रयोग गरिने स्प्रेको प्रयोग ।

नाकबाट रगत बग्नु अघि हुनसक्छ यस्ता समस्या ?

नाकबाट रगत बग्नु अघि टाउको भारी हुने गर्छ । अचानक टाउको दुख्न थाल्छ । दिमाग घुम्न थाल्छ । कहिलेकाही बेस्सरी चक्कर लाग्छ । त्यसपछि नाकबाट क्रमश रगत बग्न थाल्छ । रगत कहिले नाकको दाँया प्वालबाट बग्छ, कहिले बायाँ प्वालबाट बग्छ । कहिलेकाही रगत मुख हुँदैमा पेटमा समेत पुग्छ । जसले गर्दा घोकी लाग्छ । र, साँस लिनमा समस्या हुनसक्छ ।

नाकबाट रगत रोक्ने तरिका

नाकबाट रगत बग्ने समस्यालाई यी उपायद्धारा रोकथाम गर्न सकिन्छ । जसको लागि सबैभन्दा पहिले सुरक्षित स्थानमा बस्नुपर्छ । अब विस्तारै औलाको सहायताले करिब दश मिनेटका लागि नाकको नरम भागलाई थिच्नुपर्छ । रगत पेटमा नजाओस् भन्नका लागि मुखबाट सास लिनु पर्छ । रगत रोकिएको छ कि छैन भनेर जान्नकै लागि कम्तीमा दश मिनेट प्रतिक्षा गर्नुपर्छ । नाकमा वरफ लगाएर वा नाकलाई चिसो बनाएर पनि रगतलाई बग्नबाट रोक्न सकिन्छ ।

तर नाकबाट रगतबग्दा सुत्न भने कदापी हुँदैन । नाकबाट रगत बगेको घण्टौ पछि पनि नाक तान्न वा कुनै कुरा सुघ्नबाट बच्नुपर्छ । नाकबाट रगत बग्न कम नभएमा नाकको स्प्रेको प्रयोग गरेर पनि नाक भित्रको ससाना नशालाई टाल्न तथा रक्तश्रावलाई नियन्त्रित गर्न सकिन्छ । यसबाहेक, घरलाई चिसो राखेर तथा घरमा हावा छिर्न दिएर पनि लगातार नाकबाट रगत बग्ने समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, चिसो मौसममा नाकलाई सुख्खा हुन नदिन एयर जेलको प्रयोग गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ । नाकबाट लगातार रगत बगेमा गरम मसाला, चिया कफि, लगायतका तातो तथा गर्मी गर्ने खानेकुरा खानु हुँदैन । त्यस्तै, मदिराको सेवन गर्नु हुँदैन । शरीरले सहन सक्ने भन्दा बढी चिसो खानेकुरा पनि खानु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here