महाशिवरात्रीमा गाँजा बेच्ने र खाने दुवै कारवाहीमा ! १० स्थानका रुटमा सवारी निषेध

292

काठमाडौं /  महाशिवरात्रीको अवसर पारेर हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा गाँजा तानेर रमाउने हरुको भिड हुने गरेको छ ।

तर पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति काठमाडौंले सोमबार परेको महाशिवरात्री मेलामा लागु औषध सेवन गर्नेलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

कानुनी रुपमा समेत बन्देज भएको हुनाले पाशुपत क्षेत्रमा हुँने गाँजा सेवनविरुद्ध प्रहरी कडाइपूवर्क प्रस्तुत हुने प्रहरीले जनाएको छ ।

पाशुपत क्षेत्रमा ‘बाबा’ हरुले यसअघि लुकाई छिपाइ गाँजा बेचबिखन र सेवन गर्दै आएका थिए । प्रहरीले यसपटक गाँजा बेच्ने र सेवन गर्ने बाबाहरुलाई पनि निगरानीमा राखेर गाँजाको कारोबार पूर्णरुपमा नियन्त्रण गर्ने भएको छ ।

सोमबार पशुपति मन्दिरमा आयोजना गरिने महाशिवरात्री पर्वको सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीले महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपती क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा पाँच हजार स्वयंसेवक खटाउने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी मशाखाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ । चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here