काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ ।
संसदमा राजपा नेपालका १७ जना सांसद छन्।
टिकापुर काण्डमा सांसद रेशम चाैधरीसहित ११ जनालाई जन्मकैदकाे फैसाला सुनाएपछि राजपाकाे केन्द्रीय समितिकाे बैठक बसेकाे थियाे। बैठकले अदालतकाे फैसलाले राजपा नेपाललाई स्तब्ध र मर्माहत तुल्याएकाे जनाइएकाे छ।
अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । आन्दोलनमा नेपाल प्रहरीका तत्कालीन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।
दुई तिहाई बहुमत रहेकाे सरकारले संविधान संशाेधन नगरेकाे तथा मधेश र थरुहट आन्दाेलनका बन्दिहरुकाे रिहाइ नगरेकाे, उनीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता नलिइएकाे र घाइतेहरुकाे उपचार नगराएकाे भन्दै राजपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने घाेषणा गरेकाे हो।


















