दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाको लज्जास्पद हार

129

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा श्रीलंकाले लज्जास्पद भएको छ । बुधबार राति भएको खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग एक सय १३ रनले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४५।१ ओभरमा सबै विकेट गुमाएर दुई सय ५१ रन बनाएको खेलमा दुई सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ३२।२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो ।

दक्षिण अफ्रिकाको जितमा म्यान अफ दी म्याच घोषित क्विन्टन डीककले ९४ रन बनाएका थिए । उनले ७० बलको सामना गरेका उनले १७ चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान फाफडु प्लेसि ५७, रजा हेनरडिक्स २९, डेविड मिलर २५ र वियन मूल्डरले १७ रन बनाए । बलिङमा श्रीलंकाका थिसेरा परेराले तीन विकेट लिए । कप्तान लाथिस मलिंगा र धनन्जय डी शिल्भाले दुई दुई तथा विश्व फर्नान्डो, कसुन रजिथा र अलिका धनन्जयले एक एक विकेट झारेका थिए ।

श्रीलंकाका लागि ओशद फर्नान्डोले सर्वाधिक ३१ रन बनाए । कुशल मेन्डिस २४, थिसेरा परेरा २३, धनन्जय डी शिल्भा १५ र अभिस्का फर्नान्डोले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । श्रीलंकालाई सस्तोमा समेट्न दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन तथा लुगी निडी, इमरान ताहिर र एनरिच नोर्टजेले दुई दुई विकेट लिएका थिए । जितपछि पाँच खेलको वान डे सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ । तेस्रो खेल आइतबार हुने भएको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here