पाईन्ट-जुता-मोजामा लुकाएर राखेको ३५ लाख ४४ हजार नेपाली रुपैयाँ फेला

639

बाँके / नेपालगंज उपमहानगरपालिका-११ स्थित पासाङलामुमार्ग सडकबाट स्रोत नखुलेको ३५ लाख ४४ हजार नेपाली रुपैयाँ सहित भारतबहराईच ठाना रुपैडिहा बस्ने ३० वर्षीय रबिस पाठक र बाँके नेपालगंजउपमहानगरपालिका-१६ बस्ने १२ वर्षीय छोटु भन्ने निकेश तिवारीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपि ३२ जेटी ८२४४ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चालक पाठक र मोटरसाइकलमा सवार तिवारीलाई तलासी गर्दा निजहरुले कम्मल, पाईन्ट, जुता र मोजामा लुकाई राखेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here