काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले वर्तमान सरकारले राहत शिक्षकलाई लाठीचार्ज गरेर अश्रुग्यास हानेर समस्या समाधान नहुने जनाएका छन् ।
बुधवार एउटा टेलिभिजन सँग अन्तरवार्ता दिँदै पुर्व उपाध्यक्ष शाहले बीस बर्ष भन्दा बढी जिवनको महत्त्वपूर्ण समय लगानी गरेका राहत शिक्षकलाई अहिले मजधारमा ल्याएर लात हान्नु न्यायोचित नहुने पनि जिकिर गरे। यो प्रवृत्तिले झन समस्याले बिकराल रुप लिने उनको बुझाई छ।
नेता शाहले अहिले कम्युनिस्ट सरकारले दुई तिहाईको दम्भ देखाएर आफू जे गर्न पनि सक्ने मानसिकताबाट ग्रसित भएको कारणले पनि देशमा समस्या आएको जनाए। नेपाली कांग्रेसले मंगलबारनै राहत शिक्षकमाथि भएको प्रहरीको दमनको विरोध गरिसकेको छ। कांग्रेसले तत्काल राहत शिक्षक समस्यालाई समाधान गर्न सरकारलाई चेतावनीसमेत दिएको छ।


















