रगत रातो हुन्छ यो सबैलाई थाहा भएकै कुरा हो । त्यसैले ‘गोल्डेन ब्लड’ अर्थात सुनौलो रगत भन्ने बित्तिकै कतिपयलाई अचम्म लाग्न सक्छ र प्रश्नचिन्ह स्वतः खडा हुन्छ, रगत त रातो पो हुन्छ कसरी सुनौलो भयो ?
तर रगतका विभिन्न समूहमध्ये ‘गोल्डेन ब्लड’ पनि एक हो । यो निकै दुर्लभ रगत समूह हो । जो विश्वमा एकदमै कम मानिसमा मात्र भेटिन्छ ।
यो रगत समूह भएका मानिसहरु सामान्यका लागि विशेष भएपनि कतिपाय अवस्थामा यहिँ विशेषता उनीहरुको ज्यानको दुश्मन बन्ने गर्छ । गोल्डेन ब्लड भएको समूहको वास्तविक नाम आरएच नल हो ।


















