प्रचण्ड जतिक्कै क्षमतावान सीके राउत एउटा थिङ्कर हो : प्रधानमन्त्री ओली

188

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेता सीके राउतमा असाधरण निर्णय क्षमता रहेको र उनले गरेको निर्णयलाई  क्षमतावान भएको जनाउँदै धन्यवाद दिएका छन्।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ प्रचण्डजीले पनि आन्दोलन गरेर संसदीय अभ्‍यासमा आउनुभयो। सीके राउतजीको आन्दोलन पनि उहाँ जतिक्कै क्षमतावान रह्‍यो।’

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित ‘राजनीतिक सहमति घोषणा’ कार्यक्रममा सरकार र सिके राउतबीच ११बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले हस्ताक्षर गरे ।

प्रधानमन्त्री ओलीले सिके राउतको प्रशंसा गर्दै भने, ‘बाटो बिराउँदा बिराउँदै बिग्रिने हो कि भन्ने डर मलाई पनि थियो । तर खुशी लाग्यो, टेक्नोक्य्राट मात्र होइन एउटा थिङ्कर पनि हो सीके राउत ।’ हिंसारहित बाटोबाट पनि प्रतिक्रियाबादी शक्तलाई पराजित गर्न सकिन्छ भन्‍ने कुरा सीके राउत जीले सन्देश दिनु भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here