सङ्घीय सरकार आफू कमजोर हुने डरले प्रदेशलाई पूरा अधिकार नदिएको मुख्यमन्त्री राउतको आरोप

85

राजविराज /  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिएपछि आफू कमजोर हुने डरले प्रदेश सरकारलाई पूरा अधिकार नदिएको आरोप लगाए ।

राजपा र फोरमद्वारा संयुक्त रुपमा सप्तरीको राजविराज नगरपालिका–९ मलेठ घटनामा ज्यान गुमाएका पाँच जना शहीदको दोस्रो पुण्य तिथिको अवसरमा आयोजना गरिएको श्रद्घाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले मुलुक ढिला सुस्तीका कारण अगाडी बढ्न नसकेको जनाए ।

उनले सरकारी स्तरबाट गठित आयोगको टोली र राष्ट्रिय मानव अधिकारको टोलीले मलेठ घटनाको भ्रामक र झूठो प्रतिवेदन तयार पारेको जिकिर गरे । प्रदेश सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन केही दिनमै सार्वजनिक हुने र दोषीलाई कारवाही गरेरै छाड्ने उनले जनाए ।

मुख्यमन्त्री राउतले मन्त्री परिषद्को पहिलो बैठकले नै मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको जनाए । उनले मधेसी निजामति कर्मचारी पाँचथरद्वारा उपलब्ध गराइएको रकम रु पाँच पाँच हजारका दरले मलेठ घटनामा शहीद भएका पाँचैजनाका परिवारलाई प्रदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here