काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन् ।
त्यसैले प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गरेका छन् ।
यस सन्दर्भमा अध्यक्ष माओका विचार, उनको संघर्ष र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको प्रचण्डको धारणा छ । माओले देखाएको बाटो इतिहासमा मात्र सीमित नभई राष्ट्रिय स्वाधीनता रक्षा, उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर अर्थतन्त्र निर्माण र जनताको वास्तविक लोकतन्त्र स्थापनाका लागि व्यवहारिक मार्गदर्शन भएको उनले उल्लेख गरे ।

















