बल्ल आयाे गृहमन्त्री बादलकाे सीके राउतसंगकाे सम्बन्धकाे भित्री कुरा

105

काठमाडौं / आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकार र सिके राउतबीच भएको सम्झौताबारे संसदमा जानकारी दिएका छन् ।

सहमतिमा जनमत संग्रह गरिने भन्ने हल्ला चलाइएको गृहमन्त्री थापाले जनाए । सरकारले संविधान अनुसार यस्तो सम्झौता गर्न नसक्ने भन्दै राष्ट्रलाई टुक्राउने विषय संविधानमा व्यवस्था नभएको स्पष्ट पारे । सचेत ढंगले शब्द प्रयोग गरिएको जनाउदै स्वतन्त्र मधेश गठनबन्धनले नेपालको संविधान अनुसार राजनीति गर्ने सहमति भएको स्पष्ट पारेका छन् ।

उनले सहमतिमा जनप्रतिनिधिले नै असमतिको समाधान गर्ने भन्दै संविधानअनुसार राजनीतिक दल अनुसार गठबन्धनले राजनीति गर्ने प्रतिबद्धता गरेको जनाए । उनले यस सहमतिलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिएको भन्दै यस सहमतिले देशको शान्ति सुरक्षामा पनि महत्वपूर्ण कदम हुने जनाए ।

उनले विदेशी दबाबमा सहमति नभएको बताउँदै यहाँ कसैले कसैलाई नफसाएको समेत जनाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत र पुष्पकमल दाहाल प्रचण्डसँग तुलना गरेकोमा प्रचण्डले देखाएको साहस जस्तै सिके राउतले पनि साहस देखाएको भनेर तुलना गरेको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here