सीके-सरकार सम्झौता भ्रमपुर्ण र रहस्यमय छ : कमल थापा

123

दाङ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनबादी नेता सिके रावतसंग गरेको सम्झौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ थप विखण्डन तर्फ थकेल्ने स्पष्ट पार्नुभएको छ ।

सोमबार तुलसीपुरमा आयोजना गरेको सडक साक्षातकार कार्यक्रममा राप्रपा नेता थापाले विखण्डनवादी नेता रावतले आफ्नो अभिष्ट पुरागर्न यो सम्झौता गरेको जनाउनुभयो । ‘वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र रावतबीच भएको सम्झौता भएको लगत्तै जनकपुरमा सिके रावत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षाघेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’— रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा नेता थापाले जनाउनुभयो ।

सम्झौताको दस्तावेज आएको लगत्तै रावतले फेरी आफु तराइलाइ भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उहाँले जनाउनुभयो ।

त्यसैगरी साक्षातकार कार्यक्रममा उहाँले राप्रपा धर्म निरपेक्षता गणतन्त्र र संघियताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको जनाउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि उहाँले जनाउनुभयो । ‘चैत १ गते सवै जिल्ला अध्यक्षहरु र केन्द्रिय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने पनि उहाँले जनाउनुभयो ।

यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमवार तुलसीपुरको विरेन्द्रचौकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बाेल्दै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागि हुन आम नेपालीलाइ आव्हान गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here