कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु

119
swaviman.com

ललितपुर / कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।

चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जनाउनुभयो ।

आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने जेब्राक्रसिङ निर्माण, डिभाइडर राख्नेलगायत काम चाँडै हुने उनले बताए । उनले भने, ‘सडक सुरक्षाका लागि आवश्यक कुराहरु थपेर यो सडक सुरक्षित बनाउन लागिएको हो ।’

उनका अनुसार शहरी सडकमा कम दूरीमा नै ‘जेब्राक्रसिङ’ चाहिने भएकाले यो सडकखण्डमा पनि ठाउँठाउँमा ‘जेब्राक्रसिङ’ निर्माण गर्ने योजना छ । यात्रुलाई बाटो काट्न सजिलो होस् भनेर नै एक–एक किलोमिटरको दूरीमा पर्ने गरेर आकाशेपुलको निर्माण भइरहेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here