सरकार-सिके सहमतिले अलमलमा राजपा आक्रोशित

98

काठमाडौं / सरकार र सिके राउतबीच भएको सहमतिले राजपाका नेताहरु अलमलमा परेको साथै निकै रुष्ट देखिन थालेका छन्।

राउतसँग सहमति गरेकै भोलीपल्ट प्रधानमन्त्री केपी ओलीले मधेश पुगेर राजपाले जनतालाई झुक्याएर मत ल्याएको आरोप लगाएपछि त झन नेताहरु आक्रोशित भएका छन् । राजपाले केही दिनअघि मात्रै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

नेता अनिल झाले त सिके राउतलाई आफूले नचिन्ने भन्दै त्यस विषयमा कुरा गनै इन्कार गरे । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै झाले सरकार र राउतबीचको सहमतिप्रति असन्तुष्टी जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here