बिराटनगर । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले पहिलो खेलमा विजयी सुरुआत गरेको छ । विराटनगरको शहिद रंगशालामा आज ९बुधबार० भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गर्दै शुखद सुरुआत गरेको हो । भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरेका थिए । पहिलो हाफमा पाँच गोलको फराकिलो गोलअन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आफ्नो दबाबलाई कायमै राखेपनि एक गोल मात्रै गर्न सफल भएको थियो । खेलको आठौं मिनेटमा नै ग्रेसले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको १३ औं मिनेटमा सन्धियाले गोल गर्दै भारतलाई २-० गोलले अगाडि रह्यो । त्यस्तै, खेलको २२औं मिनेटमा इन्दुमाथीले गोल गर्दै भारतलाई ३-० गोलल अगाडि रह्यो । खेलको २७औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४-० गोलले अगाडि रहेको थियो भने पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गर्दै पहिलो हाफसम्म भारतलाई ५(० गोल गरेका थिए । पहिलो हाफमा नै फराकिलो अन्तर भएकोले भारतले दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो । तर माल्दिभ्सले भने रक्षात्मक खेलेको थियो । खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६-० गोलको जित दिलाएकी हुन् । एकपछि अर्को आक्रमक खेल खेलेको भारतले राम्रो मौका गुमाएको थियो माल्दिभ्सले भारतको पोष्टमा बल प्रहार गर्न असफल रह्यो प्रतियोगिताअन्तर्गत भोलि ९बिहीबार० बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।


















